Skip to content

हेटौंडाको गौरीटारमा जुवा खेल्दै गरेका पाँच जना पक्राउ

हेटौंडाको गौरीटारमा जुवा खेल्दै गरेका पाँच जना पक्राउ
प्रकाशित:
शब्दको आकार

हेटौंडा, असार ३ — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६, गौरीटार रंगशालानजिकै जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दामोदर चौलागाईको गाईगोठमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा हेटौंडाकै ४५ वर्षीय दामोदर चौलागाई, २९ वर्षीय विश्व स्याङ्तान, सुदीप पोख्रेल, प्रदिप ओझा र ५२ वर्षीय बहादुर थिङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई काठको खाटमाथि खाल राखी पैसाको हारजित हुनेगरी तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। घटनास्थलबाट ७ बुक तास, नगद ८१ हजार ३ सय ९० रुपैयाँ र गोटीसमेतको काठको लुडो बरामद गरिएको छ।

प्रहरीले जुवा सम्बन्धी कसुरमा उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद लिई थप अनुसन्धान तथा आवश्यक कारबाही अघि बढाएको जनाएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts