Skip to content

सिन्धुलीको हरिहरपुगढीमा बंगुरहरूमा लाग्ने घातक ‘अफ्रिकन स्वाइन फिभर’पुष्टि

सिन्धुलीको हरिहरपुगढीमा बंगुरहरूमा लाग्ने घातक ‘अफ्रिकन स्वाइन फिभर’पुष्टि
प्रकाशित:
शब्दको आकार

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा बंगुरहरूमा लाग्ने घातक 'अफ्रिकन स्वाइन फिभर' (African Swine Fever - ASF) को सङ्क्रमण पुष्टि भएको छ।
​हरिहरपुरगढी गाउँपालिका वडा नं. २ मा पालिएका बंगुरमा देखिएको रोगको शंकास्पद नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला (त्रिपुरेश्वर, काठमाडौँ) मा qPCR परीक्षण गर्दा नतिजा 'पोजिटिभ' आएको गाउँ कार्यपालिकाको कार्यालयले जनाएको छ।
​गाउँपालिकाले बिहीबार (२०८३/०५/०४ गते) एक अत्यन्त जरुरी सूचना जारी गर्दै यो रोग अत्यन्त संक्रामक तथा गम्भीर प्रकृतिको भएकाले अन्य फार्म तथा स्वस्थ बंगुरहरूमा फैलिन नदिन सम्पूर्ण किसानहरूलाई उच्च जैविक सुरक्षा (Biosecurity) का उपायहरू अपनाउन अनुरोध गरेको छ।


​किसानहरूले पालना गर्नुपर्ने मुख्य निर्देशनहरू:
​बिरामी, कमजोर वा शंकास्पद बंगुरलाई स्वस्थ बंगुरबाट तुरुन्त अलग राख्ने।
​बंगुर तथा बंगुरजन्य सामग्रीको ओसारपसार, खरिद–बिक्री तथा स्थानान्तरण गर्दा पशु सेवा शाखासँग अनिवार्य समन्वय गर्ने।
​बिरामी वा मरेका बंगुरलाई जथाभावी नकाट्ने, नबेच्ने र नफाल्ने।
​फार्म, गोठ, सवारीसाधन तथा भाँडाकुँडाहरू नियमित रूपमा कीटनाशक (Disinfectant) प्रयोग गरी निर्मलीकरण गर्ने।
​अन्य फार्म तथा बजारबाट गोठमा हुने अनावश्यक आवतजावत रोक्ने र प्रवेशद्वारमा छुट्टै जुत्ता–कपडाको व्यवस्था गर्ने।
​होटल वा भान्साबाट निस्किएको फोहोर तथा अप्रशोधित खानेकुरा नखुवाउने।
​उच्च ज्वरो, छालामा रातो/बैजनी धब्बा, रगत बग्ने, श्वासप्रश्वासमा समस्या वा अचानक मृत्यु हुने जस्ता लक्षण देखिएमा तुरुन्त पशु सेवा शाखामा जानकारी गराउने।
​गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण राईद्वारा जारी सूचना अनुसार यो रोग मानिसमा नसर्ने भए पनि बंगुरका लागि तीव्र रूपमा फैलिने र ज्यान लिने प्रकृतिको छ। रोग लुकाउनुभन्दा कुनै पनि लक्षण देखिएमा आत्तिनुको सट्टा समयमै प्राविधिकलाई खबर गरी नियन्त्रणमा सहयोग पुर्‍याउन गाउँपालिकाले सम्पूर्ण बंगुरपालक कृषकहरूमा आग्रह गरेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Comments

5 Comments

anti-violence-891354 1 month ago

[802494]supplies professional anti-violence equipments and solutions for the whole world with strong and perfect production capacity. anti-violence.org

Archie2511 4 weeks ago
Vanessa4400 3 weeks ago
dreamjili2login 1 week ago

Really loving the interface here. The loading speed is fast and the games are super smooth. Definitely my new favorite spot to hang out. Check out dreamjili2login

Ivy3291 3 days ago

Your email address will not be published. Required fields are marked *

Related Posts