सरकारले अर्थशास्त्री प्रा.डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।
अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो — प्रा.डा. विश्वनाथ पौडेल, डेपुटी गभर्नर निलम ढुंगाना, र पूर्व सचिव दिनेश भट्टराई। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले पौडेललाई नियुक्त गरेको हो।
स्रोतका अनुसार, प्रा.डा. पौडेलको नाम सिफारिस सूचीको पहिलो स्थानमा थियो। साथै, उनको नियुक्तिमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति बनेको थियो।



