Skip to content

हरिहरपुरगढी स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको प्रथम उपाधी जनता माबि बखफरलाई

हरिहरपुरगढी स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको प्रथम उपाधी जनता माबि बखफरलाई
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद विकास समितिले माघ १३ गतेदेखि आयोजना गरेको उक्त प्रतियोगिता आज एक समारोह बीच समापन गरिएको हो ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, वडा नम्बर ८ का वडा अध्यक्ष धनबहादुर मोक्तान,२ का वडा अध्यक्ष विश्व राई, ३ का वडा अध्यक्ष कुलबहादुर भोलन लगायतको उपस्थिती रहेको थियो ।


समितिका संयोजक लक्ष्मी बहादुर राई हिमाल को अध्यक्षतामा भएको प्रतियोगितामा जनता मावि बखफर १८ पदक जित्दै पहिलो बनेको छ । उक्त माविले ६ स्वर्ण, ६ रजत र ६ कास्य पदक जितेको हो ।
यस्तै महेन्द्र माविले झ्याडी ६ स्वर्ण, ५ रजत र २ कास्य पदकसहित दोस्रो स्थान ओगट्न सफल भएको छ । क्यानेश्वर मावि पान्तलेले ५ स्वर्ण, ५ रजत र ४ कास्य, जनहित मावि बोटेनीले ५ स्वर्ण, २ रजत र ६ कास्य, हरिहरपुर मावि घण्टेले ४ स्वर्ण, ३ रजत र ५ कास्य जितेर क्रमशः तेस्रो, चौथो र पाँचौं स्थान ओगटेका छन् ।


यसैगरी कर्मीडाँडा मावि चिसापानीले ३ स्वर्ण, ३ रजत र १ कास्य जित्दा भानुभक्त मावि तीनकुनाले १ स्वर्ण, २ रजत र ४ कास्य हात पारेको छ । कुशेश्वर मावि ढप्सारले भने ४ रजत र ४ कास्य मात्र जितेको छ ।
प्रतियोगिताका विजेता टोली तथा खेलाडीहरुलाई समापन समारोहमा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतले मेडल तथा ट्रफी प्रदान गर्नुभएको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts