Skip to content

हरिहरपुरगढीमा निःशुल्क पशु स्वास्थ्य शिविर हुदै

हरिहरपुरगढीमा निःशुल्क पशु स्वास्थ्य शिविर हुदै
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर हुने भएको छ। पशुपंछी विकास उपशाखाको आयोजनामा निःशुल्क पशु स्वास्थ्य शिविर" सञ्चालन गरिने भन्दै गाउँपालिकाले सुचना प्रकाशित गरेको हो ।

चैत्र ६ गते देखि ८ गते सम्म हुने शिबिरमा विरामी पशुपंछीहरुको उपचार परजिवि नियन्त्रणको औषधि वितरण ,खोरेत र रेविज खोप सेवा,बोका राँगा साढेको बन्ध्याकरण,बोका राँगा साढेको बन्ध्याकरण ,गाई भैसिमा कृतिम गर्भाधान सेवा,बाझोपन निवारण सेवा , पशुपंछी पालन सम्वन्धी परामर्स सेवा प्रदान गरिने पशुपंछी विकास उपशाखाका बिपिन जंग राईले बताउनुभयो।

चैत्र ६ गते वडा नं. १.२ र ३ को लागि चैनपुर फुटबल चौरी,चैत्र ७ गते वडा नं. ४ र ५ को लागि वडा नं. ५ को कार्यालय अगाडी,चैत्र ८ गते वडा नं. ६,७ र ८ को लागि क्वाटरमा,विहान १०:०० बजे देखि ४:०० सम्म शिभिर सन्चालन गरिने बताइएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts