Skip to content

हरिहरपुरगढीका खेलाडीलाई सम्मान महिला फुट्बल गोल्ड्कप हुने

हरिहरपुरगढीका खेलाडीलाई सम्मान महिला फुट्बल गोल्ड्कप हुने
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्नो पालिकाको खेलाडीलाई सम्मान गरेको छ ।आज एक कार्यक्रम बिच पालिका अध्यक्ष बज्रध्वज वाईबाको प्रमुख आतिथ्यतामा हरिहरपुरगढी युवा तथा खेलकुद विकास समिति द्वारा आयोजीत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ तथा अध्यक्षकप प्रतियोगीता २०८१ खेलमा छनौट भई जिल्ला सिन्धुलीमा संचालित १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता तथा प्रथम जिल्ला खेलकुद महोत्सवमा संचालित खेलकुद प्रतियोगीमा सहभागी सवै विद्याका खेलाडीलाई सम्मान गरेको हो त्यस्तै खेलकुद सम्बन्धी समाचार सम्प्रेषण गरि खेल पत्रकारितामा योगदान पुर्याएको भन्दै पत्रकारद्वय विशाल कुमार राई र सङ्गिता डिम्डुङलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा युबा तथा खेलकुद बिकास समितीका संयोजक लक्ष्मी बहादुर राई हिमालको सभाध्यतामा भएको थियो भने विशिष्ट अतिथी प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकारा,वडा नम्बर १,२,३,४,५,८ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य सहित, शाखागत कर्मचारी लगायतको उपस्थिती तथा आतिथ्यता रहेको थियो ।

फागुन ५ देखि १३ गते सम्म सन्चालित ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम सिन्धुली जिल्लास्तरीय खेलकुद महोत्सव–२०८१ मा हरिहरपुरगढी गाउँपालिकाले फुटबल प्रतियोगितातर्फ महिला र पुरुष दुबैले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो कार्यक्रममा बोल्नुहुदै अध्यक्ष वाईबाले खेल क्षेत्रमा भएको प्रगतीको प्रसन्शा गर्दै सबैलाई धन्यबाद ब्यक्त्त गर्नुभयो साथै आगामी बर्ष महिला फुट्बल गोल्डकप खेल गराउने प्रतिबद्धता गर्नुभयो।

यो सम्मान र खेलप्रतीको लगानीले खेलाडीले एउटा थप उर्जा प्राप्त गरेको र आगामी दिनमा अझै खेलमा चमत्कार गर्दै जाने युबा तथा खेलकुद बिकास समितीमा संयोजक लक्ष्मी बहादुर हिमालले बताउनुभयो।

हरिहरपुगढी गाउँपालिकाले ६ स्वर्ण, ३ रजत र ९ कास्यसहित कूल १८ पदक जितेको छ । त्यस्तै करातेमा ५ स्वर्ण, ३ रजत र ९ कास्य तथा फुटबलमा १ स्वर्ण पदक हात पार्दै तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।सम्मान कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख रामेश्वर पुडासैनिले गर्नु भएको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts