Skip to content

हरिहरपुरगढीको झ्याडीमा ३ दिने निशुल्क स्वास्थ्य शिबिर सुरु

हरिहरपुरगढीको झ्याडीमा ३ दिने निशुल्क स्वास्थ्य शिबिर सुरु
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -४ झ्याडीमा ३ दिने निशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ ।आज एक कार्यक्रमका बिच पालिका अध्यक्ष वज्रध्वज वाइबाले स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको हो ।

वडा नम्बर ४ स्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा कारितास नेपालको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वय र जानकी मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर सन्चालन भएको छ ।

कारितास नेपालका कार्यक्रम प्रमुख चिन्तन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, जानकी मेडिकल कलेज शिक्षण अस्पतालका डाइरेक्टर तथा प्रोफेसर धर्मदत्त सुवेदी, वडा अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाज्यूले भौगोलिक हिसाबले विकटता रहेको यस ठाउँमा विशेषज्ञ चिकित्सकसहितका यस्ता शिविरले स्वास्थ्य सेवासँगको जनताको पहुँच स्थापित हुने बताउनुभयो । उहाँले गाउँपालिकाले स्वास्थ्य सेवालाई सबैको पहुँचमा ल्याउन प्रभावकारी ढङ्गबाट काम गरिरहेको पनि बताउनुभयो ।

उहाँले शिविरबाट गाउँपालिकाबासी सम्पुर्णलाई आवश्यक अनुसारको सेवा लिनको लागि आग्रह गर्नुभयो । साथै शिविर आयोजक कारितास नेपाल र निशुल्क सेवा प्रदान गर्नुहुँने विशेषज्ञ चिकित्सकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

शिविरमा जनरल मेडिसिन सेवा, स्त्रि तथा प्रसूति रोग सेवा, बालरोग सेवा, दन्तरोग सेवा, आँखा जाँच सेवा, हाडजोर्नि सम्बन्धि सेवा, छाला रोग, नाक कान घाँटी, प्रयोगशाला सेवा, इसिजि युएसजि सेवा र निःशुल्क औंषधी बितरण सेवा प्रवाह गरिने छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts