Skip to content

हरिहरपुरगढीले फागुन १९ गते खेलाडी सम्मान गर्दै

हरिहरपुरगढीले फागुन १९ गते खेलाडी सम्मान गर्दै
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्नो पालिकाको खेलाडीलाई सम्मान गर्ने भएको छ । हरिहरपुरगढी युवा तथा खेलकुद विकास समिति द्वारा आयोजीत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ तथा अध्यक्षकप प्रतियोगीता २०८१ खेलमा छनौट भई जिल्ला सिन्धुलीमा संचालित १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता तथा प्रथम जिल्ला खेलकुद महोत्सवमा संचालित खेलकुद प्रतियोगीमा सहभागी सवै विद्याका खेलाडीलाई सम्मान गर्ने भएको हो ।

यहि फागुन १९ गते पालिकाको सभाहलमा बिहान ९ बजे पालिका अध्यक्ष बज्रध्वज वाईबाद्वारा खेलाडी सम्मान गरिने युवा तथा खेलकुद विकास समिति अध्यक्ष लक्ष्मी बहादुर राई हिमालले बताउनुभयो ।

फागुन ५ देखि १३ गते सम्म सन्चालित ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम सिन्धुली जिल्लास्तरीय खेलकुद महोत्सव–२०८१ मा हरिहरपुरगढी गाउँपालिकाले फुटबल प्रतियोगितातर्फ महिला र पुरुष दुबैले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो ।

हरिहरपुगढी गाउँपालिकाले ६ स्वर्ण, ३ रजत र ९ कास्यसहित कूल १८ पदक जितेको छ । त्यस्तै करातेमा ५ स्वर्ण, ३ रजत र ९ कास्य तथा फुटबलमा १ स्वर्ण पदक हात पार्दै तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts