Skip to content

सिन्धुलीको हरिहरपुरगढीमा देवास राई भाषा  लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी सुरू

सिन्धुलीको हरिहरपुरगढीमा देवास राई भाषा  लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी सुरू
प्रकाशित:
शब्दको आकार

सिन्धुली : किरात देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी सुरू भएको छ । बुधबार हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिको आयोजनामा सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ गुर्जीस्थित हायात हाेटलमा गाेष्ठी सुरू भएको हो ।

किरात देवास राईहरूकाे बाेल्ने देवास भाषाकाे पाठ्यक्रम एवम् पाठ्यपुस्तक  लेखनका लागि गाेष्ठी आयाेजना गरेकाे समाजका उपाध्यक्ष राजमान राईले जानकारी दिनुभयाे । देवास राई समुदायले बाेल्ने भाषाकाे पाठ्यक्रम र पाठ्यपुस्तक हालसम्म लेखनकाे कार्य नभएकाेले देवास भाषाकाे पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार गरि देवास राई समुदायमा प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे उपाध्यक्ष राईले बताउनुभयाे । गाेष्ठीमा मकवानपुरकाे बागमती गाउँपालिका र सिन्धुलीकाे हरिहरपुगढी गाउँपालिकाका सहभागी २६ जनालाई देवास राई  भाषा पढाइ प्रवाहबारे प्रशिक्षण दिएकाे वहाँले बताउनुभयाे ।

प्रशिक्षण गाेष्ठी कार्यक्रममा हिमाली आदिवासी समाज नेपालकी कार्यक्रम संयाेजक टेसी डाेमा भाेटे ल्हाेमी र समाजका सहजकर्ता टिआर कठरियाले सहजिकरण गर्नु भएकाे छ ।  उहाँले वर्ण निर्माण कार्यक्रम, शब्दकोष निर्माण, अनौपचारिक साक्षरता कार्यक्रम, डिजिटल लेखन र परम्परागत ज्ञान, सिप संरक्षण र सम्बर्द्धन तथा लेखन बारे जानकारी गराउनुभयो ।

आयाेजक किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष श्याम बहादुर राईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बागमती गाउँपालिका वडा नम्बर १ का कार्यबाहक वडाध्यक्ष हस्त थिङ, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ का अध्यक्ष विश्व राई, समाजका मकवानपुर जिल्ला अध्यक्ष बद्री बहादुर राई, उपाध्यक्ष लव राई, काेषाध्यक्ष हेमकर्ण राई, केन्द्रीय समितिका पूर्व उपाध्यक्ष सूर्य राई, संस्थापक महासचिव उद्धव राई, पूर्व काेषाध्यक्ष आनन्द राई, जिल्ला समिति मकवानपुरका पूर्व अध्यक्ष विष्णु बहादुर राई

राई उत्थान समाज नेपालका अध्यक्ष चन्द्र बहादुर राई, बाबुराम राई लगायतको आतिथ्यता रहेको थियो । गाेष्ठी माघ १८ गते शुक्रबार सम्म हुनेछ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts