मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

हरिहरपुरगढीको गुर्जीमा दुई दिने ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीको गुर्जीमा दुई दिने ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै
adad

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित गुर्जीमा सोनाम ल्होछारको अवसरमा बृृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । ल्होेछार मेला समिति हरिहरपुगढीको आयोजनामा यहि माघ १७ र १८ गते दुई दिन कार्यक्रम हुने भएको हो ।

गुर्जीस्थित गुम्बाचौरमा हुने सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा विशेष आकर्षणको रूपमा राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको सेलो साङ्गतिक प्रस्तुति र नृत्य प्रस्तुति हुने भएको छ । कार्यक्रममा चर्चित कलाकारहरु विशाल कल्तान, गिता योन्जन र सानुबाबु घिसिङ आउने भएका छन् । यस्तै आशाराम थिङ, मनोज बल, हिमाल राई, विशाल राज राई,रोशन गहतराज, करण विष्ट, अस्मिता तामाङ, उषा लोप्चन, रेखा मगर, सुमन रुम्बा, जेके लामा, विशाल तामाङ र अनिल राई लगायत कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

कार्यक्रममा तामाङ समुदायको मौलिक सांस्कृतिक परम्परागत रूपमा रहेका ताम्बा,लामा तथा झाँक्री प्रदर्शन हुँदै तामाङ समुदायले खानपिन गरेका विभिन्न खानाका परिकारहरुको स्टलहरु समेत राखिने आयोजकले जनाएको छ ।
यस पटक तामाङ समुदायले मन्जुश्री संवत् २८६१ औं डुल ल्हो (सर्प वर्ष) सोनाम ल्होछारको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँने छन् ।कार्यक्रममा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल राजनको प्रमुख आतिथ्यता ,हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको बिशिस्ट आतिथ्यतामा कार्यक्रम हुने आयोजकले जनाएको छ।

ad