Skip to content

हरिहरपुरगढीको सरस्वती शिशुबाल प्राबि जमुनियाको चार कोठे पक्की भवन शिलान्यास

हरिहरपुरगढीको सरस्वती शिशुबाल प्राबि जमुनियाको चार कोठे पक्की भवन शिलान्यास
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ स्थित सरस्वती शिशुबाल प्राथमिक विद्यालय जमुनियाको चार कोठे पक्की भवनको शिलान्यास भएको छ। भवनको शिलान्याश पालिका अध्यक्ष बज्रध्वज वाइबाले गर्नुभएको हो ।
संघिय सरकारको शिषेश अनुदान तथा गाउँपालिकाद्धारा निर्मित भवनको वडा नम्बर ८ का वडा अध्यक्ष धन बहादुर मोक्तानको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा एक समारोहको बिच शिलान्यास गरिएको थियो ।
चालु आर्थिक बर्ष भित्रमा गाउँपालिका भित्रका ७ वटा प्राविको भवन निर्माण सम्पन्न गरिने योजना रहेको अध्यक्ष बज्रध्वज वाइबाले बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई समयावधि भित्रै इमानदारिपूर्वक गुणस्तरीय भवन निर्माण गरेर हस्तातरण गर्न निर्देशन दिनुभयो । भवनको संरचना गुणस्तरहीन भएको पाइएमा गाउँपालिकाबाट बजेट रोक्का गरिदिने समेत बताउनुभयो ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, ७ वडाका अध्यक्ष बिच बहादुर मोक्तान, वडा सदस्य छलिमाया मोक्तान,शिक्षा शाखा प्रमुख रामेश्वर पुडाशैनी, योजना शाखा प्रमुख राजु उप्रेति, इन्जिनियर बेन्जामेन श्रेष्ठ, सब इन्जिनियर विश्व थापा मगर, कमल आछामी लगायतको उपस्थित रहेको थियो ।
भवन निर्माणको लागि सिकाक हुस्से गडुर जेभिका प्रोपाइटर प्रमोद मैनालीले २०८२ जेठ २५ गते निर्माण सम्पन्न गर्ने गरि भ्याट सहित ९३ लाख ५९ हजार २५ रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts