Skip to content

हरिहरपुरगढीमा २१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

हरिहरपुरगढीमा २१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो
प्रकाशित:
शब्दको आकार

विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता" भन्ने मूल नाराका साथ आज २१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस हरिहरपुरगढी गाउँपालिकामा मनाइएको छ। गाउँपालिका सभाहलमा सम्पन्न कार्यक्रममा हरिहरपुरगढी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराको अध्यक्षतामा भएको थियो। कार्यक्रममा बोल्नुहुदै महिला स्वास्थ्य स्वयंसेविका बिना पारिश्रमिक काम गरिरहेको अबस्थामा प्रोत्साहन गर्नुपर्ने तथा हरेक घर,टोल पुगेर स्वास्थ्य सम्बन्धि जानकारी लिई काम गर्ने स्वास्थ्य स्वयंसेविकाहरुको प्रशंशा गर्नुभयो।दिवसको अवसरमा स्वास्थ्य स्वयंसेविकालाई नेपाल सरकारले जनही ५००० हजार तथा संघिय सरकारको तर्फबाट रु १००० र पालिका बाट रु१५०० गरि मासिक २५०० सेवा भत्ता पाइरहेको हरिहरपुरगढीका स्वास्थ्य शाखा प्रमुख मनोज सुयालले बताउनुभयो। हाल हरिहरपुरगढी गाउपालिकामा ३६ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन्।कार्यक्रममा महिला पालिका क्षेत्रमा कार्यरत महिला स्वास्थ्यकर्मी ,शाखागत कर्मचारीहरुको सहभागी थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts