Skip to content

हरिहरपुरगढीमा रासायनिक मल कारखाना स्थापनाको लागि स्थलगत अनुगमन

हरिहरपुरगढीमा रासायनिक मल कारखाना स्थापनाको लागि स्थलगत अनुगमन
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउपालिका वडा नम्वर ३ गुर्जीमा प्रस्तावित ईलेक्ट्रोलाईसिस प्रविधीमा आधारित रसायनिक मल कारखाना स्थापनाको लागी पुर्व सम्भाव्यता अध्ययन प्रतिवेदन (Pre- Feasibility Study Report ) तयारीको लागी स्थलगत अनुगमन भएको छ। बागमती प्रदेशसभा सदस्य शुष्पा भुजेल काठमाडौं विश्वविद्यालय ग्रीन हाईड्रोजन ल्यावका टिम लिडर डा.विराज सिङ्ग थापा,डा.राम लामा, ई. लक्ष्मण लामा,ई.मानस घिसिङ,ई.अभिषेक खतिवडाका टिम तथा गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबा ,प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,नेपाल लोकतान्त्रीक आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य मोहनलाल तामाङ,निवर्तमान उपाध्यक्ष अनिता कुमारी राई,वडा अध्यक्ष शाखागत कर्मचारी,महाचाड ईन्टरनेशनलका प्रतिनिधि राकेश महर्जन सहित काठमाण्डौ विश्व बिद्यालयका प्राविधिक टोली द्बारा स्थलगत अनुगमन तथा निरिक्षण कार्य सम्पन्न भएको हो ।


हरिहरपुरगढी गाउपालिका र काठमाडौं विश्वविद्यालय विच वडा नम्वर ३ गुर्जीमा प्रस्तावित ईलेक्ट्रोलाईसिस प्रविधीमा आधारित रसायनिक मल कारखाना स्थापनाको लागी पुर्व सम्भाव्यता अध्ययन प्रतिवेदन (Pre- Feasibility Study Report ) तयारीको लागी २०८१ साउन २७ मा सम्झौता भए बमोजिम स्थलगत अनुगमन भएको हो।
हरिहरपुरगढीमा उद्योग सञ्चालनमा आएमा स्थानीयको जीवनस्तर माथि उठ्ने पालिका अध्यक्ष वाइबाले बताउनु भएको छ।
प्रस्तावित औद्योगिक क्षेत्रका लागि गाउँपालिकाले एक स्थानमा दुई सय २० बिगाहा र अर्को स्थानमा दुई सय ४० बिगाहा गरी जम्मा दुई स्थानमा तीन सय ६० बिगाहा जग्गा छुट्याएको र हालसम्म उक्त स्थानमा उद्योग नरहेको बताइएको छ । उद्योग सञ्चालनपछि दुई सयले प्रत्यक्ष र हजारौँले अप्रत्यक्ष लाभ लिनसक्ने बताइएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts