Skip to content

सिन्धुलीको मरिणमा भालुको आक्रमणबाट एकको मृत्यु

सिन्धुलीको मरिणमा भालुको आक्रमणबाट एकको मृत्यु
प्रकाशित:
शब्दको आकार

सिन्धुलीमा भालुको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । हिजो शुक्रबार मरिण गाउँपालिका १ स्थित कार्तिकेको सिम्ले खोल्सीमा भालुको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल खड्काले जानकारी दिए।
बिहिवार देखी हराएको बाख्रा खोज्न शुक्रवार बिहान १०ः०० बजेको समयमा ७२ वर्षिय गोपिलाल घिसिङसहित ७/८ जनाको टोली हराएको बाख्रा खोज्न जंगल पस्दा घिसिङलाई भालुले आक्रमण गरेको नायब उपरीक्षक खड्काले बताए। घरदेखि अन्दाजी एक किलोमिटर उत्तर तर्फ रहेको सिम्ले खोल्सीमा छिमेकिको बाख्रा जंगली भालुले लगेकोले घिसिङ सहित ७/८ जनाको टोली बाखा खोजिरहेका थिए । एक्कासी भालुले आक्रमण गर्दा घिसिङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक घिसिङलाई जंगली भालुले आक्रमण गरी गर्धनको हड्डि र हातको नाडि भाचिएको र शवको पोष्टमार्टम गरी आफन्तले बुझिसकेको उपरीक्षक खड्काले बताए। मान्छे मार्ने भालुलाई नियन्त्रणमा लिई नसकेकोले वन तथा आसपासका क्षेत्रहरुमा एक्लै नहिँड्न अनुरोध गर्दै हिँड्नु परेमा सावधानी अपनाइ हिँडडुल गर्न मरिण गाउँपालिकाको अध्यक्ष विमर्श मुक्तानले ‘प्रख्यात’ जानकारी गराए।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts