मेरो पत्र Logo

बस्तिपुरमा नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरियाको सहयोगमा राहत बितरण

Mero Patra
मेरो पत्र
ad
बस्तिपुरमा नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरियाको सहयोगमा राहत बितरण
adad

सिन्धुलीको हरिहरपुरगढी वडा नम्बर १ बस्तिपुरमा बाढि  पीडितलाई राहत बितरण गरिएको छ ।स्थानिय युबा तथा श्री कर्मिडाडा मा बि चिसापानीका प्रधानाध्यापक डिल बहादुर घलान (दिलमान) को पहलमा नेपाल तामाङ घेदुङ संघ दक्षिणकोरियाको आर्थिक सहयोगमा असोज ११ र १२ गतेका दिन हरिहरपुरगढी गाउँपालिका वडा नं.१ वस्तीपुर र कुडुले फाँटमा बागमती नदिले क्षती पुगेका अति पिडित २० घरधुरी र सामान्य क्षति भएको १० घरधुरी गरी जम्मा ३० घरधुरीलाई राहत बितरण गरिएको हो ।

हरिहरपुरगढी गाउँपालिका वडा नं.१ का वडाध्यक्ष जित बहादुर थिङ, पूर्ववडा अध्यक्ष कार्साङ्ग घलान (रमेश), हरिहरपुरगढी-१ नेपाली काङ‌ग्रेश पार्टी सभापति दिल बहादुर घलान, वडा १का सचिव लक्ष्मण वाईवा, विध्यालयका शिक्षिका सम्झना घिसिङ र समाजसेवी गंगा बहादुर भोलन, समाजसेबि भिम दोर्जे भोलनको उपस्थितिमा पिडित परिवारलाई चामल, दाल, तेल, नुन र तरकारी वितरण गरिएको छ।

सेयर गर्नुहोस्:
adad