Skip to content

आज भाईटिका साइत बिहान ११ बजेर ३७ मिनेटमा

आज भाईटिका साइत बिहान ११ बजेर ३७ मिनेटमा
प्रकाशित:
शब्दको आकार

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, आज भाइटीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ।  भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको पाईन्छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts