Skip to content

सिन्धुली दुर्घटना अपडेट:२ को मृत्यु २३ घाइते

सिन्धुली दुर्घटना अपडेट:२ को मृत्यु २३ घाइते
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ को द्धारखोला पुलमा भएको बस दुर्घटना काठमान्डौबाट भोजपुरतर्फ यात्रु बोकेर जाँदै गरेको बागमती प्रदेश– ०१–००६ख ६७८५ नम्बरको बस मदनभण्डारी राजमार्गमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।

दुर्घटनामा परि २३ जना घाईते भएका छन घाईतेमध्ये गम्भिर घाईते भएका १० जनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि रिफर गरिएको छ भने सामान्य घाईते भएका १० जना उपचारपछि डिस्चार्ज भएका छन भने ३ जनाको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ ।
एसपी काफ्लेका अनुसार मृतक २ जनामध्ये एक जनाको पहिचान खुलेको छ । मृतकको साथमा रहेको एटिएम कार्ड र अन्य कागजपत्रको आधारमा मृतकको पहिचान खुलेको काफ्लेले बताए । पहिचान खुलेका मृतक भोजपुर हतुवागढीका बुद्धिमान तामाङ रहेको उनले जानकारी दिएका छन । घाइतेहरु सबैको पहिचान खुलेको काफ्लेले बताए ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts