Skip to content

हरिहरपुरगढीको बाढी प्रभावित क्षेत्रमा बागमती प्रदेश पूर्व कानुन मन्त्री श्रेष्ठद्वारा अनुगमन

हरिहरपुरगढीको बाढी प्रभावित क्षेत्रमा बागमती प्रदेश पूर्व कानुन मन्त्री श्रेष्ठद्वारा अनुगमन
प्रकाशित:
शब्दको आकार

झनझने:सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका असोज १२ गते अविरल वर्षाले बागमती नदिले पुर्याएको क्षतिको बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय श्री गंगा नारायण श्रेष्ठले अनुगमन गर्नु भएको छ।


पालिकाको वडा नं. ३ स्थित साँढेमा लगभग ४० घर डुबानमा परेको साथै अन्न भण्डारको रुपमा रहेको वडा नं. १ को बस्तिपुर फाँट र कुँडुले फाँटको धानबाली क्षति भएको ठाउँमा पुगी अनुगमन गर्नु भएको थियो। अनुगमनमा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवा, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकारा ,कार्यपालिका सदस्य मोहनकाजी बिश्वकर्मा ,पालिका पूर्व उपाध्यक्ष अनिता कुमारी राई, वडाध्यक्ष, शाखा प्रमुख कर्मचारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि लगायतको टोलीले स्थलगत अनुगमन गर्नुभएका थियो।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts