Skip to content

हरिहरपुरगढीले वकतृत्वकला गरेर बालदिवस मनायो

हरिहरपुरगढीले वकतृत्वकला गरेर बालदिवस मनायो
प्रकाशित:
शब्दको आकार

वालवालिकामा लगानी,सुनिश्चित भविष्यकाे थालनी "भन्ने नाराका साथ ६०‍‌ओेैं राष्ट्रिय वालदिवस सिन्धुलीको हरिहरपुरगढीमा पनि मनाइयो।
हरिहरपुरगढी गाउँपालिकाको सभा हलमा "शैक्षिक गुणस्तर अभिवृध्दिमा स्थानिय सरकारकाे भूमिका" नामक शीर्षकमा पालिका स्तरिय अन्तर माध्यमिक बिधालय बकतृत्वकला प्रतियाेगिता पनि सम्पन्न भएको छ।कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि पालिका अध्यक्ष बज्रध्वज वाइबाले बालबालिकाको हक अधिकारको पक्षमा सदैब चनाखो तथा बालमैत्री पालिकाको पक्षमा रहेको र पालिकाको शैक्षिक स्तर पहिले भन्दा धेरै सुधार हुदै गएको बताउनुभयो।

कार्यक्रममा बिशिष्ठ अतिथि पालिका उपाध्यक्ष चेख बहादुर थिङ,वडा नम्बर २ का वडा अध्यक्ष विश्व राई, शिक्षा शाखा प्रमुख यम कुमार अछामे,शिक्षा शाखा सहायक प्रेमबहादुर वि.क. ,नेपाल शिक्षक महासंघ हरिहरपुरगढी शाखा अध्यक्ष जितबहादुर राना ,शिक्षक ,कर्मचारी ,बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो।पालिका स्तरिय अन्तर माध्यमिक बिधालय बकतृत्वकला प्रतियाेगितामा प्रथम स्थान मा.वि. पान्तले क्यानेश्वर ,दाेस्राे स्थान मा.वि. महेन्द्रझ्याडी र मा.वि.तिनकुनाले तेसो स्थान हासिल गरेका थिए।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts