Skip to content

रौतहटको चन्द्रपुरमा छोरीको परियोजनाको परिचयात्मक कार्यक्रम

रौतहटको चन्द्रपुरमा छोरीको परियोजनाको परिचयात्मक कार्यक्रम
प्रकाशित:
शब्दको आकार

रौतहट, २६ भाद्र:छोरी संस्थाको आयोजनामा 'सम्पन्न भएको कार्यक्रमको समीक्षा तथा आगामी परियोजनाको परिचयात्मक कार्यक्रम' सम्पन्न भएको छ । 'बाल बालिका हाम्रो गौरव ' परियोजना अन्तर्गत कार्यक्रम संचालन गरेको संस्थाको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले छोरी संस्थाले बालबालिकाको क्षमता अभि वृद्धि तथा संरक्षणमा विशेष भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा छोरी संस्थाले गर्ने कामहरुमा सहकार्य गर्न चन्द्रपुर नगरपालिका तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले छोरी संस्थाले चन्द्रपुरमा गरेका सबै कामहरू उत्कृष्ट र परिणाममुखी भएको भन्दै संस्थाको प्रशंसा गर्नुभयो। संस्थाले गरेका कार्यक्रमहरुबाट आफुहरुको समग्र व्यक्तित्व विकास भ‌एको बालबालिकाहरूको भनाइ छ ।

संस्थाले प्रदान गर्दै आएको तालिम, काउन्सिलिङ तथा शिक्षाको कारणले आफुहरुलाई आत्मविश्वासी र आफ्नो कुरा खुलेर राख्न सक्ने बनाएकोमा बालबालिकाहरुले खुशी व्यक्त गर्नुभयो। छोरी संस्थाको कार्यकारी निर्देशक हिरा दाहालले संस्थाले गरेका कार्यहरुको प्रगति विवरण पेश गर्दै आगामी कार्ययोजनाको बारेमा जानकारी दिनुभयो।

केएन‌एच प्रतिनिधि पार्वती खड्काले संस्थाले बालबालिकाको क्षमता अभिवृद्धि गर्दै पूर्ण बाल अधिकार सुनिश्चितताको लागि समुदाय र सरोकारवाला निकायहरुसँग सम्न्वय गर्दै कामहरू गरिरहेको बताउँदै हालसम्मको कार्य प्रगतिबाट संतुष्ट रहेको जनाउनुभयो। संस्थाका उपाध्यक्ष छाया देवकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम संयोजक कोपिला तिमल्सिनाले संचालन गर्नुभएको र कार्यक्रममा चन्द्रपुर नगरपालिकाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, कानुन व्यवसायी, संघसंस्थाका प्रतिनिधि, बाल क्लवका सदस्यहरु, अभिभावकहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको फिल्ड अफिसर नर्मदा तामाङले जानकारी दिनुभयो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts