मेरो पत्र Logo

ताजा अपडेट

No latest news available
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

हरिहरपुरगढीमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो
adad

झनझने,भदौ २५ :सिन्धुलीको हरिहरपुरगढीमा ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ। सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस मनाउदै आइरहेको छ।हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा टिपिओ नेपालको सहयोगमा मदन भण्डारी राजमार्ग अन्तर्गत चैनपुर देखि झनझने सम्म विभिन्न प्लेकार्ड सहितको र्याली निकालिएको थियो। र्यालीमा टिपिओ नेपालका प्रतिनिधि,शाखागत पालिकाका कर्मचारी,स्वास्थ्यकर्मी ,शिक्षक शिक्षिका ,बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै पालिका अध्यक्ष बज्रध्वज वाईबाको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो। कार्यक्रममा टिपिओ नेपालको प्रतिनिधि सुबिना लामाले आत्महत्या रोकथाम बारे र मानसिक आत्मबल बढाउन, यसका समाधानको बारे जानकारी गराउनु भएको थियो।अन्तरक्रिया कार्यक्रममा पालिकाको निमित्त प्रमुख प्रसाशकिय अधिकृत संजित कार्की ,वडा अध्यक्षहरु ,कार्यपालिका सदस्य ,कर्मचारी,शिक्षक ,बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो।


विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने बताइन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ। नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन्।नेपालमा आर्थिक वर्ष २०८०/८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका थिए ।

ad