Skip to content

फोटोग्राफीमा राम्रो भबिष्य छ :पर्वत सेजवाल

फोटोग्राफीमा राम्रो भबिष्य छ :पर्वत सेजवाल
प्रकाशित:
शब्दको आकार

फोटोग्राफी यस्तो एउटा विधा हो जसले जिबनका अमुल्य पाटोलाई सम्झना स्वरुप तस्बिरमा सजाउने काम गर्छ। नेपाल र नेपालीको संस्कृति र सुन्दरतालाई विश्वमाझ परिचित गराउन फोटोग्राफरहरूको अहम भुमिका रहेको हुन्छ। नेपालमा अहिले फोटोग्राफरहरुको महत्त्व दिन प्रति दिन बढ्दै गएको पनि पाईन्छ हरेक क्षेत्रमा यसको आबश्यकता पर्ने गर्दछ।
पश्चिम नेपालको सल्यान जिल्लामा जन्मेका पर्वत सेजवाल फोटोग्राफी क्षेत्रमा नयाँ पिडिका चर्चित नाम हो । उनको सानै देखि नै यस क्षेत्र प्रति रुची रहे पनि एसएलसी उर्तिण पछि क्यामेरा छुन तथा चलाउने अवसर पाए । आफु भन्दा अग्रजबाट फोटोग्राफी पेशा सम्बन्धि जानकारी तथा सिक्न पाएको उनि बताउछन।
बिगत ४ बर्ष देखि व्यवसायिक रुपले आवद्ध उनि फोटोग्राफर कुशल भिडियो ग्राफर पनि हुन । विभिन्न पर्व, उत्सव, सभा, सम्मेलन, कार्यक्रममा समेत फोटो खिच्ने काममा ब्यस्त हुदै आएका पर्वत मेहनत र लगनले लागियो भने यो क्षेत्र पनि आरामले आफ्नो जिविकोपार्जन गर्न सकिने बताउँछन ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts