भारतको केरला राज्यमा पहिरोमा परि ६३ जनाको मृत्यु





दक्षिणी भारत केरला अविरल बर्षाको कारण कम्तिमा ६३ जनाको मृत्यु भएको र २५० बढीलाई उद्दार गरिएको छ।
मंगलबार बिहान करिब २ बजे वायनाड जिल्लाको मेप्पडी नजिक पहिरो खस्दा कम्तिमा ४ वटा गाउँ प्रभावित भएको छ।
भारतीय सेनाले खोज तथा उद्धार कार्यका लागि यस क्षेत्रमा २०० भन्दा बढी सैनिकहरू तैनाथ गरेको जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिनु भएको छ । उहाँले घटना प्रति दुखः व्यक्त गदै मृत आत्माको चिर शान्तिको कामना तथा परिवार जनमा समवेदना प्रकट गर्नुभएको छ ।
