मकवानपुरको बागमती गाउँपालिका - ५ बगेरीमा बागमति खोलाको बिच बगरमा एक पुरुषको लास फेलापरेको छ। बुधबार बागमती नदिले बगाई ल्याई राखेको अवस्थामा अन्दाजी २०/२५ को जस्तो देखिने पुरुष व्यक्तिको लास फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।स्थानियले देखेपछि स्थानिय प्रहरी चौकीमा खबर गरेका थिए मृतक लास बागमति खोलाको विचबगरमा रहेको उक्त लास ४/५ दिनको जस्तो देखिने शरिर सबै फुलेको घोप्टो अवस्था रहेको मृतक व्यक्तिको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। पोस्टमार्टमको लागी हेटौडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
मकवानपुरको बागमती नदिमा एक पुरुषको लास फेला

प्रकाशित:
शब्दको आकार



