Skip to content

चलचित्र ‘घरज्वाइँ’को ‘बिन्जुरी’ गीत सार्बजनिक

चलचित्र ‘घरज्वाइँ’को ‘बिन्जुरी’ गीत सार्बजनिक
प्रकाशित:
शब्दको आकार

आउदो असार २८ गतेबाट सिनेमा घरमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले फिल्ममा समावेश गीत ‘बिन्जुरी’गीत सार्वजनिक गरेका हो ।

गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको माया प्रेम देखाउन खोजिएको छ । मगर समुदायको परम्परा, संस्कार र संस्कृतिमा आधारित फिल्ममा एसडी योगीको संगीत,राम अविरल बिष्टको शब्द र संगीतकार योगीको स्वर सुन्न सकिन्छ ।
अनिल बुढामगरको निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनासहित शिशिर बाङ्देल, भोलाराज सापकोटा, बुद्धि तामाङ, पुष्कर गुरुङ, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायतले अभिनय गरेका छन्।

जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर रहेका छन् यस फिल्मको कथा तथा निर्देशन अनिल घर्ति मगरको रहेको छ।

https://youtu.be/n6wsLYYB990?si=wC8rf_Rlyp0Q2ZmL
अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts