Mero Logo

दुखको घडिमा घरदैलोमै पुगि सान्त्वना दिदै हरिहरपुरगढि पालिका प्रमुख

बि.स. २०७३ साल पछि स्थानिय तहको नया संरचना सङ्सङ्गै हरेक स्थानिय तहमा घर आगनमै सिंहदरबार भन्ने अझै आभास भैरहेको छैन ।

जनताले अझै पनि चाहे जस्तो सुबिधा नपाएको गुनासो आइरहेको पाइन्छ । अझ चुनाब जितेर गएपछि जनता बिर्सने चलन जितेको ठाउँमा पाईलै नटेक्ने जन गुनासो पनि सुन्दै आईरहेका छौ कतिपय ठाउँमा सत्य पनि साबित भएको छ । तर त्यस्को ठिक उल्टो सिन्धुलीको हरिहरपुरगढि गाउँपालिकामा पाईएको छ ।

हरिहरपुरगढि गाउँपालिका प्रमुख बज्रध्वज वाईबा जनताको घर दैलोमा हालखबर बुझ्न घर दैलोमा पुग्नुहुन्छ । वहा आफ्नो पालिकाको जनतालाई सुखमा भन्दा दुख पर्दा दुख ब्यक्त्त गर्दै समबेदना प्रकट गर्न घर दैलोमा पुग्नुहुन्छ ।

पालिकाको आफ्ना जनता वा परिवारको कोहि सदस्यको मृत्यु हुदा हरेकको घरमा पुगेर परिवारलाई सान्तवना दिदै सुख दुखको खबर लिने गर्नुहुन्छ ।

हरिहरपुरगढी – २ झनझनेकि चद्रकुमारी राई आफ्नो माइतमा बुवा बित्दा पालिका प्रमुख हरिहरपुरगढी – ४ भुथ्रेमा घरमै आएर समबेदना ब्यक्त्त गरेको सम्झनु हुन्छ र त्यसरी पालिका प्रमुख घरमै आएर सान्तवना दिदा पालिकामा अभिभावक भएको महसुस गरेको बताउनु भएको छ ।

यता पालिकाले आर्थिक बर्ष २०८१/८२ शिक्षा र कृषीमा लगानी गर्ने लक्ष्य रहेको र आफ्नो कार्यकाल अबधि भर जनताको हित किसानको हितमा कामगर्ने पालिका प्रमुख वाईबा बताउनुहुन्छ ।

प्रतिक्रिया