मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

इलामको रतुवा खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु

Mero Patra
मेरो पत्र
ad
इलामको रतुवा खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु
adad

इलामको चुलाचुली गाउँपालिका-५ रतुवा खोलाले जीप् बगाउँदा दुईजनाको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका ५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जिप रतुवा खोलाले बगाएको हो।

मृतक दुवै जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले बताए । उनीहरुको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो ।

मृतकहरुमा एक शिशु र एक महिला रहेका छन् । जिपमा कति जना सवार थिए भन्ने बारे पत्ता नलागेको प्रहरीले जनाएको छ ।

ad