Skip to content

हरिहरपुरगढीको हाक्पारामा १ हप्ते माहुरीपालन तालिम उद्घाटन

हरिहरपुरगढीको हाक्पारामा १ हप्ते माहुरीपालन तालिम उद्घाटन
प्रकाशित:
शब्दको आकार

झनझने,जेठ २०:हरिहरपुरगढी गाउँपालिका -४ हाक्पारामा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र हरिहरपुरगढी गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तीकरण कार्यक्रमको उद्घाटन भएको छ ।

४ नम्बर वडा अध्यक्ष कमल कुमार राईको अध्यक्षतामा मौरीपालन व्यवसाय सम्बन्धी सीपमूलक तालिमको उद्घाटन भएको हो।

कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन श्रेष्ठ, कार्यपालिका सदस्य, वडा सदस्यहरु, पार्टी प्रतिनिधि, स्थानीय बुद्धिजीवी साथै मखमली मौरीपालन महिला उद्यमी समूहका सदस्यहरुको उपस्थिति रहेको थियो।मौरीपालन सम्बन्धि तालिम १ हप्ता सम्म चल्ने छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts