हरिहरपुरगढी सानो बखफरमा आफ्नै श्रीमतीलाई खुकरी प्रहार





सिन्धुलीको हरिहरपुरगढी २ सानो बखफरमा आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्दा श्रीमती घाइते भएका छन्। हिजो दिउसो २ बजे बखफरका ५२ बर्षका बिर बहादुर राईले आफ्नै श्रीमती ४० बर्षकी सुन्तली राईलाई घरायसी वाद-विवाद हुँदा धारिलो खुकुरी प्रहार गर्दा दाहिने गाला र घाटीमा चोट लागेको थियो।
घाइते राईलाई गम्भिर अबस्थामा हेटौडा सहकारी अस्पताल मकवानपुरमा उपचार भैरहेको तथा अबस्था सामान्य हुदै गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ । धारिलो हतियार खुकुरी फेला नपरेको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ। खुकुरीले प्रहार गर्ने बिर बहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सेयर गर्नुहोस्: