Skip to content

हरिहरपुरगढी सेपाहाका ३५ घरधुरीलाई खानेपानि ,स्थानिय हर्षित

हरिहरपुरगढी सेपाहाका ३५ घरधुरीलाई खानेपानि ,स्थानिय हर्षित
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी जेठ ६ :सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ५ सेपाहामा खानेपानी आयोजनाको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको प्रमुख आतिथ्यता वडा नं. ५ का वडाध्यक्ष साइला लामा, कार्यपालिका सदस्य मोहनकाजी वि.क.,वडा नं. ५ का वडा सदस्य गज बहादुर योन्जन, इन्जिनियर भीष्मदिप सुनुवार, जिन्सी शाखा प्रमुख दिपक कार्की, सब-इन्जिनियर द्वय एक बहादुर कोइराला र विश्वराज थापा, वडा प्राविधिक सविता बम्जन, स्थानिय समाजसेबीहरु बिल बहादुर बम्जन,शोभासिं स्याङ्तान,अनिल भ्लोनको आतिथ्यतामा सम्पन्न भएको हो।गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले रिबन काटेर खानेपानि आयोजनाको उद्घाटन गर्नुभएको छ।
कुल ४५ लाखको लागतमा लिफ्ट प्रविधिमा आँपटार खोल्सीको पानी डाडाँमा पुर्याएर ट्याङ्की मार्फत गाउँमा पानि वितरण गरिने छ।
घर घरमा खानेपानीको धारा बन्ने भएपछि स्थानिय हर्षित भएका छन् । एक घर एक धारा अभियान अन्तर्गत सेपाहा र छिमेकि मरिण गाउँपालिका वडा नं. २ को जनतालाई समेत हुने गरि ३५ घरधुरीका लागि खानेपानी धारा बनेको हो। कार्यक्रममा बोल्दै अध्यक्ष वाईवाले आवश्यकता बमोजिम अपुग पाइप तत्काल वितरण गरिने बताउनु भएको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts