Skip to content

स्थानियमा बचत गर्ने बानीको बिकास गर्नुपर्छ :सिटिजन्स बैक हरिहरपुरगढी शाखा प्रमुख दिपक अधिकारि

स्थानियमा बचत गर्ने बानीको बिकास गर्नुपर्छ :सिटिजन्स बैक हरिहरपुरगढी शाखा प्रमुख दिपक अधिकारि
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तह आएदेखि सिटिजेन्स बैंकको हरिहरपुरगढी शाखा संचालनमा आएको छ।
बिगत ६ बर्ष देखि बैंकले निक्षेप संकलन, रकम भुक्तानी, ऋण कर्जा ,कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउदै आएको छ।

स्थानिय स्तरमा बचत गर्ने चेतना अझै नभएको ,बचत गर्ने बानि विकास गर्नुपर्ने आबश्यक रहेको सिटिजेन्स बैंकका हरिहरपुरगढी शाखा प्रमुख दिपक अधिकारि बताउनुहुन्छ वहाले अहिले बिस्तारै बचत गर्नु पर्छ है भन्ने मानसिकता स्थानियमा बृदि भएको हुदै गएको र स्थानिय स्तरमा ठुलो व्यापारिक केन्द्र नभएकोले पनि आर्थिक कारोबार त्यति नहुने वहाको भनाई छ

हरिहरपुरगढी गाउँपालिकाबाट दिने सामाजिक सुरक्षा भत्ता अन्तर्गतका सामाजिक सुरक्षा खाता २००० भन्दा बढी रहेको र त्रैमासिक रुपमा प्रत्येक वडामा पालिकाको समन्वयमा सामाजिक सुरक्षा भत्ता प्रदान पनि गर्दै आएको बताउनुहुन्छ। भविष्यमा बैंक तथा पालिकाको सहकार्यमा स्थानियमा बित्तिय साक्षरता कार्यक्रम गर्ने योजना रहेको र त्यसले ग्रामिण क्षेत्रमा बैंक प्रति विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अधिकारी बताउनुहुन्छ। हाल पालिकामा बैंकको १० हजार बढी ग्राहकको खाता संचालनमा रहेको छ। बैंकको देशैभरी १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts