मेरो पत्र Logo

ताजा अपडेट

No latest news available
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

हरिहरपुरगढीमा जेठ २ देखी ५ सम्म निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर हुने

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीमा जेठ २ देखी ५ सम्म निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर हुने
adad

हरिहरपुरगढी ,जेठ १ :हरिहरपुरगढी गाउँपालिकाले निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर गर्ने भएको छ।
जेठ २ गते देखि ५ सम्म हरिहरपुरगढी गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमा सुविधा सहितको एकिकृत प्रजनन् स्वास्थ्य शिविर संचालन हुने भएको हो।

शिबिरमा परिवार नियोजन सेवा,औषधि द्वारा गरिने सुरक्षित गर्भपतन सेवा,पाठेघरको मुखको पुर्वावस्थाको क्यान्सरको जाँच,यौन रोग सम्बन्धि जाँच ,पाठेघर खसेको उपचार ,खकार जाच सेवा (पिपलमाडी स्वास्थ्य चौकीमा मात्र ),मुख्यमन्त्रि जनता स्वास्थ्य कार्यक्रम सेवा तथा परामर्श
, गर्भवती महिला लाई ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम,मानसिक स्वास्थ्य सम्बन्धि परामर्श सेवा हुने शिविर संचालन हुने स्वास्थ्य संयोजक जगरनाथ प्रसाद शाहले बताउनु भएको छ।जस अन्तर्गत क्यानेश्वर स्वास्थ्य चौकी जेठ २ गते,हरिहरपुरगढी स्वास्थ्य चौकी जेठ ३ गते, महेन्द्र झ्याडी स्वास्थ्य चौकी जेठ ४ गते, पिपलमाडी स्वास्थ्य चौकी जेठ ५ गते शिबिर हुनेछ।

ad