Skip to content

हरिहरपुरगढीमा एकिकृत घुम्ती शिबिर सुरु ,पालिकाको सबै वडामा संचालन हुने

हरिहरपुरगढीमा एकिकृत घुम्ती शिबिर सुरु ,पालिकाको सबै वडामा  संचालन हुने
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी गाउँपालिकाले एकिकृत घुम्ती शिबिर सुरु गरेको छ। आथिक वर्ष २०८० /८१ को तेस्रो त्रैमासिक भत्ता पनि घुम्ती शिबिरमा वितरण गरिरहेको छ।आइतबार पालिकाको १ नम्बर वडा कार्यालय सानो जितपुरमा शिबिर संचालन भएको हो।


शिबिरमा सामाजिक सुरक्षा भत्ता वितरण ,पशु उपचार सेवा ,कृषि सेवा ,स्वास्थ्य सेवा,ब्यबसाय दर्ता सेवा प्रदान गरिएको छ।
शिबिरमा ११० जना सेवाग्राहीले लाभ लिएका छन् ,साथै स्वास्थ्य जाच गरि औषधि वितरण पनि गरिएको थियो।
घुम्ती शिबिरमा सिटिजन्स बैंक हरिहरपुरगढी शाखाका कर्मचारी ,हरिहरपुरगढी गाउँपालिकाको शाखागत कर्मचारी, वडा नम्बर १ का वडा अध्यक्ष जीत बहादुर थिङ्गको उपस्थिति रहेको थियो।
नियमित हुदै आईरहेको एकिकृत घुम्ती शिबिर पालिकाको ८ वटै वडामा हुने पंजीकरण शाखा प्रमुख मनोराज घिसिङ्गले बताउनु भएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts