Skip to content

सुनकोशी मरिण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु हुदै

सुनकोशी मरिण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु हुदै
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ आज ब्रेक थ्रु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कान ढुङ्ग्रीमा एक कार्यक्रम गरी सुरुङ सुरुङ आज ब्रेक थ्रु हुने भएको हो।

आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्ने सुरु भएकोमा सुनकोशी र तामाकोशीको सङ्गमस्थलभन्दा ९ सय मिटर तल कानढुङ्ग्रीबाट बाहिर निस्किएपछि ‘ब्रेक थ्रू’ हुनेछ । १३ किलोमिटर तीन सय मिटर सुरुङमध्ये ‘ब्रेक थ्रू’ का लागि केही सेन्टिमिटर मात्रै खन्न बाँकी राखिएको छ ।
सुरुङ निर्माणको अवधि दुई वर्षको भएपनि १९ महिनामै सुरुङ्ग खन्ने काम सम्पन्न हुदैछ। सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गरिएको छ भने सुनकोशी मरिणको सुरुङ छिचोलिए पनि अरू काम पूरा गर्न थप एक वर्ष लाग्ने सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभएको छ ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर ३१ मेगावाटभन्दा बढी क्षमताको बिजुली उत्पादन गर्ने र धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षौभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ । सुरुङ खन्ने काम चाँडै भए पनि बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् ।

पूर्ण रुपमा २०८४ सालको असोजमा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ । २ ०७७ फागुन २० गते कमलामाई–२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर आयोजना निर्माणको थालनी भएको थियो ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts