back to top

हेटौडामा पनि पठाओको ‘बाइक राइड’ सेवा सुरु

Advertisementspot_img
spot_img

हेटौडा ,चैत्र २५ :राइड सेयरिङ व्यवसाय कम्पनी पठाओले मकवानपुरको हेटौडामा पनि ‘बाइक राइड’ सेवा सुरु भएको छ। पठाओ नेपालका प्रबन्ध–निर्देशक असिममानसिंह बस्न्यातले मुलुकभर सेवा विस्तार गर्ने नीतिअनुसार हेटौडामा पनि सेवा विस्तार गरिएको बताए ।

नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टरसिटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा विस्तार गरिएको बताइएको छ । यसका लागि बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ ।

राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजातसहित आबद्धताका लागि आवेदन दिन कम्पनीले आह्वान गरेको छ ।

नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बिमा भएको पठाओले दुर्घटना भई मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरेको छ ।

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

Leave a Reply

सम्बन्धित समाचारहरू
Advertisementspot_img
Advertisementspot_img

ताजा खबर

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img