Skip to content

हरिहरपुरगढीको १८ औ गाउँ सभा हिउदे अधिबेशन सम्पन्न

हरिहरपुरगढीको १८ औ गाउँ सभा हिउदे अधिबेशन सम्पन्न
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी ,चैत्र २२:सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको १८ औँ गाउँसभा हिउँदे अधिवेशन आज सम्पन्न भएको छ ।

पालिकाको १८ औ अधिवेशनले ६ वटा ऐन कानुन, एउटा रणनिति ,पालिकाको राजश्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुशासन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, हरिहरपुरगढी गाउँपालिकाको बालबालिकाको अधिकार व्यवस्थित गर्ने सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०८० पारित गरेको छ।

त्यस्तै अधिवेशनले पुर्वाधार विकास सम्बन्धि विधेयक, खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, आन्तरिक लेखा परिक्षण कार्यविधि(नियमित गर्ने) सम्बन्धिमा बनेको विधेयक पारित गरेको छ त्यसैगरि अधिवेशनले वित्तिय सांक्षरता रणनिति २०८० पारित गरेको छ ।
अधिबेशन हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको अध्यक्षतामा प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य,सभा सदस्यहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts