Skip to content

मकवानपुरको बागमतीमा करेन्ट लागेर एकको मृत्यु

मकवानपुरको बागमतीमा करेन्ट लागेर एकको मृत्यु
प्रकाशित:
शब्दको आकार

हेटौडा ,चैत्र १८ :मकवानपुरको बागमती गाउँपालिका कायरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। बागमती गाउँपालिका वडा नम्बर ८ कायर निवासी देवराम रुम्बाको आज बिहान करेन्ट लागेर ज्यान गएको हो।


हिजो बेलुकाको हावाहुरीले आफ्नै खेत भित्र रहेको बिजुली पोलबाट तार लत्रियर खेतमा छोएको कारण देवरामको ज्यान गएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी जनाएको छ । थप अनुसन्धानको र पोस्टमार्टम लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरी कार्यलय मकवानपुरले जानकारी जनाएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts