मेरो पत्र Logo

रौतहटमा एसईई परीक्षा हलबाट ५ सय थान मोबाइल बरामद गरियो

लेखक
मेरो पत्र
ad
रौतहटमा एसईई परीक्षा हलबाट ५ सय थान मोबाइल बरामद गरियो
adad

रौतहट चैत्र १६ : माध्यमिक शिक्षा परीक्षा (एसईई) देशै भरि चलिरहेको छ। आज शुक्रबार रौतहटको विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोबाइल बरामद गरेको छ।

एसईई परीक्षालाई मर्यादित,अनुशासित र शान्तिपूर्ण बनाउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरूले गौर, चन्द्रपुर, गरुडा लगायत जिल्लाको ३१ वटा परीक्षा केन्द्रबाट ५ सय थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंह सहितको अनुगमन टोली अनुगमन गर्नुभएको थियो।

परीक्षार्थीहरुबाट बरामद गरिएको मोबाइल सेटहरु परीक्षा सकिएपछि फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी एलिजा गिरीले जानकारी दिनुभएको छ ।

सेयर गर्नुहोस्:
adad