भीमफेदीमा टिपर दुर्घटना एक घाइते





हेटौडा ,मकवानपुर चैत्र ५ :काठमान्डौ हेटौडा सडक खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका–१ खोप्लाङमा सोमबार बिहान टिपर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
दुर्घटनामा हेटौंडा १५ भोर्लेका ४३ वर्षीय बिर बहादुर वाईबा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
रिद्धि–सिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुङगा खानीबाट ढुङगा लिई फ्याक्ट्रीतर्फ आउँदै गरेको ना ८ ख ८९१० नम्वरको टिप्पर आफै अनियन्त्रित भई रोडबाट अन्दाजी २० मिटर तल खसी दुर्घटना हुँदा च्यापिएर वाईबा घाइते भएका हुन् घाइतेलाई प्रहरी ,ट्राफिक ,सेना सहितले उद्धार गरेर उपचारको लागि हेटौंडा ल्याइएको छ ।
उनको अहिले हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताउनु भएको छ ।
सेयर गर्नुहोस्: