Skip to content

मकवानपुर सिन्धुली जोड्ने बागमती पुलमा बाइक दुर्घटना ३ जना घाइते

मकवानपुर सिन्धुली जोड्ने बागमती पुलमा बाइक दुर्घटना ३ जना घाइते
प्रकाशित:
शब्दको आकार

सिन्धुली हरिहरपुरगढी,फागुन २९ :मदन भण्डारि राजमार्ग अन्तर्गत मकवानपुर र सिन्धुली जिल्ला जोड्ने बागमती पुलमा राति ११.४० बजे बाइक दुर्घटना भएको छ। मकवानपुरको गाउँपालिका लामिटारबाट सिन्धुलीको हरिहरपुरगढी फर्किदै गर्दा बाइक अनियन्त्रित भै पुलमा ठोक्कियर दुर्घटना भएको हो।


बाइकमा ३ जना सवार थिए, बजाज पल्सर २२० बा. प्र. ०२ ०२२ प ०३५९ नम्बरमा सवार हरिहरपुरगढी -१ शिखरका अन्दाजी २५ बर्षका ईश्वर रुम्बा,हरिहरपुरगढी -१ शिखरकि अन्दाजी १५ बर्षिया चेतकुमारी रुम्बा,हरिहरपुरगढी -१ शिखर कै १७ सपना रुम्बा घाइते भएका हुन्।
घाइते मध्य चालक इश्वरको टाउकोमा चोट लागेको छ ,बाइकमा सवार चेत कुमारीको टाउकोमा गम्भीर चोट लागेको त्यस्तै सपना रुम्बा सामान्य घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि हेटौडा लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरन्जिबी दाहालले बताउनुभएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts