Skip to content

बाघ भैरव माविको ४१औँ वार्षिक अभिभावक भेला, SEE उतीर्ण विद्यार्थीहरूलाई सम्मान

बाघ भैरव माविको ४१औँ वार्षिक अभिभावक भेला, SEE उतीर्ण विद्यार्थीहरूलाई सम्मान
प्रकाशित:
शब्दको आकार

बकैया-९, च्याउच्याउ दमार, असार २० गते — श्री बाघ भैरव माध्यमिक विद्यालयको ४१ औँ वार्षिक अभिभावक भेला तथा २०८१ सालको SEE परीक्षामा सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै, आगमी शैक्षिक सत्रमा सिकाइ उपलब्धि वृद्धि गर्ने र विद्यार्थीलाई नियमित बनाउने उद्देश्यले विद्यालय, अभिभावक र स्थानीय सरोकारवाला निकायबीच त्रिपक्षीय छलफल पनि गरिएको थियो।

कार्यक्रमको सभाध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य लामाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं ९ का अध्यक्ष टंकध्वज लोप्चनको उपस्थिति थियो।

विशिष्ट अतिथिका रूपमा बकैया गाउँपालिकाको शिक्षा शाखा प्रमुख आईतराम तामाङ तथा स्थार बेन्जामिन संस्था प्रतिनिधि बुद्धवीर लामा सहभागी हुनु भएको थियो। साथै, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पिटिए (PTA) समितिका सदस्य, स्थानीय बुद्धिजीवी तथा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमले शिक्षा क्षेत्रमा अभिभावक, विद्यालय र स्थानीय सरकारबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts