Skip to content

हरिहरपुरगढी अध्यक्षकप:वडा न.४ लाई हराउदै वडा न.३ दोस्रो चरणमा प्रबेश

हरिहरपुरगढी अध्यक्षकप:वडा न.४ लाई हराउदै वडा न.३ दोस्रो चरणमा प्रबेश
प्रकाशित:
शब्दको आकार

सिन्धुलिको हरिहरपुरगढीमा आज फागुन १७ गतेबाट पालिका स्तरिय चौथो अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु भएको छ ।हरिहरपुरगढी - झ्याडिको खेलमैदानमा सुरु भएको प्रतियोगिताको पुरुष फुट्बल अन्तर्गत पहिलो खेल वडा नम्बर ४ र वडा नम्बर ३ बिच भएको हो ।

पहिलो हाफ सम्म दुबै तर्फ दबाब पुर्ण खेल भएको थियो । दोश्रो हाफको ३८ औ मिनेटमा मौकाको फाईदा उठाउदै वडा नम्बर ३ का जर्सी नम्बर ४ का खेलाडी साजन रानाले गोल गरे । सोही गोल निर्णायक गोल साबित हुँदै १-० ले वडा नम्बर ४ लाई हराउदै वडा नम्बर ३ ले खेल जितेको छ ।

त्यस्तै भोलि फागुन १८ को खेल बिहान वडा नम्बर ७ र वडा नम्बर २ बिच बिहान ८ बजे र दोस्रो खेल वडा नम्बर ६ र वडा नम्बर ५ बिच दिउँसो १.३० बजे हुनेछ ।

प्रतियोगितामा पुरुष फुटबल अन्तर्गत प्रथम पुरस्कार रु.१ लाख ,दोस्रो पुरस्कार रु. ५० हजार,महिला फुटबल अन्तर्गत प्रथम पुरस्कार रु. २० हजार दोस्रो पुरस्कार रु. १० हजार सहित ट्रफी ,मेडल ,प्रमाण पत्र दि इने युबा तथा खेलकुद बिकास समितिका संयोजक लक्ष्मी बहादुर राई ‘ हिमालले ‘ मेरोपत्रलाई जानकारी दिनुभएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts