Skip to content

हरिहरपुरगढी चौथो अध्यक्षकप प्रतियोगिता उद्घाटन समारोह सम्पन्न

हरिहरपुरगढी चौथो अध्यक्षकप प्रतियोगिता उद्घाटन समारोह सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुलिको हरिहरपुरगढिमा आजबाट चौथो अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु भएको छ । हरिहरपुरगढि - ४ झ्याडी खेलमैदानमा प्रतियोगिताको उद्घाटन समारोह भएको हो ।

कार्यक्रममा सिन्धुली जिल्ला क्षेत्र नं.२ का संघिय सांसद लेखनाथ दाहाल “राजन”को प्रमुख आतिथ्यता, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबा , गाउँपालिकाका अध्यक्ष बिमर्श मुक्तानको बिशिस्ट आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल आतिथ्यता र पालिकाको ७ वटै वडाध्यक्षहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी दाहालले सिङ्गो जीवन खेलकुदमा लागियो भने प्रतिस्पर्धामा अब्बलता कायम गर्न सकिने भन्दै शुभकामना राख्नुभएको थियो साथै प्रमुख अतिथिबाट रेफृलाई बल हस्तान्तरण गरि खेल सुरु भएको थियो। युबा तथा खेलकुद समिती संयोजन लक्ष्मी बहादुर राई हिमालको सभाप्तित्वमा सम्पन्न कार्यक्रम प्रेम घतानिले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

हरिहरपुरगढी – ४ झ्याडिको खेलमैदान भैरहेको प्रतियोगितामा महिला तथा पुरुष फुटबल खेल हुनेछ ,जसमा पालिकाको ८ वडाको टिमहरु सहभागी हुनेछन ,पुरुष फुटबल अन्तर्गत प्रथम पुरस्कार रु.१ लाख ,दोस्रो पुरस्कार रु. ५० हजार,महिला फुटबल अन्तर्गत प्रथम पुरस्कार रु. २० हजार दोस्रो पुरस्कार रु. १० हजार सहित ट्रफी ,मेडल ,प्रमाण पत्र दि इने युबा तथा खेलकुद बिकास समितिका संयोजक लक्ष्मी बहादुर राई ‘ हिमालले ‘ मेरोपत्रलाई जानकारी दिनुभएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts