Skip to content

फागुन १७ देखि हरिहरपुरगढीमा चौथो अध्यक्षकप खेलकुद प्रतियोगिता हुने

फागुन १७ देखि हरिहरपुरगढीमा चौथो अध्यक्षकप खेलकुद प्रतियोगिता हुने
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढीमा चौथो अध्यक्षकप खेलकुद प्रतियोगिता फागुन १७ गते देखि हुने भएको छ। हरिहरपुरगढी युबा तथा खेलकुद बिकास समितिको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको मुख्य प्रायोजनमा गाउँपालिका स्तरिय खेलकुद प्रतियोगिता हुन लागेको हो।

हरिहरपुरगढी - ४ झ्याडिको खेलमैदान हुने प्रतियोगितामा महिला तथा पुरुष फुटबल खेल हुनेछ ,जसमा पालिकाको ८ वडाको टिमहरु सहभागी हुनेछन ,पुरुष फुटबल अन्तर्गत प्रथम पुरस्कार रु.१ लाख ,दोस्रो पुरस्कार रु. ५० हजार,महिला फुटबल अन्तर्गत प्रथम पुरस्कार रु. २० हजार दोस्रो पुरस्कार रु. १० हजार सहित ट्रफी ,मेडल ,प्रमाण पत्र दि इने युबा तथा खेलकुद बिकास समितिका संयोजक लक्ष्मी बहादुर राई ' हिमालले ' मेरोपत्रलाई जानकारी दिनुभएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts