मेरो पत्र Logo

भजनशिरोमणि भक्तराज आचार्यको ८२ बर्षको उमेरमा निधन

Mero Patra
मेरो पत्र
ad
भजनशिरोमणि भक्तराज आचार्यको ८२ बर्षको उमेरमा निधन
adad

भजनशिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्यको आज सोमबार निधन भएको छ ।उनको ८२ वर्षको उमेरमा निधन भएको हो । सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको थियो।

अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको मृत्यु भएको हो । दसैंको बेला घरमै लडेपछि आराम गरिरहनु भएको थियो । उहाँको स्वास्थ्यमा सुधारसमेत भइरहेको थियो । तर सोमबार एक्कासि अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा उहाँको निधन भएको हो । समयमै अस्पताल पुर्‍याए पनि चिकित्सकले ‘ब्रट डेड’ घोषणा गरेको छ ।

२०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि आचार्यको बोल्न नसक्ने अबस्थामा पुगेका थिए । उनले करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाएका छन् ।

आचार्यको पार्थिव शरीर आज अस्पतालमै राखिने र मंगलबार श्रद्धाञ्जली कार्यक्रम भएको छ । आचार्यका श्रीमती, दुई छोरा-बुहारी र दुई नाति छन् ।

सेयर गर्नुहोस्: