मेरो पत्र Logo

बागमती गोल्डकपः फाइनल प्रवेशका लागि आज एनआरटी र मछिन्द्र भिड्दै

Mero Patra
मेरो पत्र
ad
बागमती गोल्डकपः फाइनल प्रवेशका लागि आज एनआरटी र मछिन्द्र भिड्दै
adad

बाग मति :पुर्बी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबारबाट सेमिफाइनल चरणको खेल सुरु हुँदैछ ।

बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुदैछ।दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । यसअघि भएको क्वाटरफाइनल खेलमा सिमराको नव जनजागृती युवा क्लबलाई हराउँदै एनआरटी सेमिफाइनल प्रवेश गरेको हो भने जावलाखेल युथ क्बललाई हराउँदै मछिन्द्र सेमिफाइनल प्रवेश गरेको हो ।

विजेता टिमले उपाधिका लागि बिहीबार विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपीएफबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्

सेयर गर्नुहोस्:
adad