Skip to content

हरिहरपुरगढि ल्होछार मेलामा अमिर दोङको क्रेज

हरिहरपुरगढि ल्होछार मेलामा अमिर दोङको क्रेज
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढि ल्होछार सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ। हरिहरपुरगढि- ३ गुर्जी बसपार्कमा ल्होछार मेला माघ २७ र २८ गते लागेको हो।

कार्यक्रममा हरिहरपुर् गढी गाउँपालिका अध्यक्ष बज्रद्वज वाइबाको प्रमुख आतिथ्यता , भुमि आयोग सिन्धुलीका अध्यक्ष बाबुराम राई ,३ नम्बर वडा अध्यक्ष उज्ज्वल भोलन लगायतको आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा तामाङ चलचित्रका महानायक अमिर दोङ ,सेलो गायक च्वाइस दोङ ,सन्जीब घिसिङ्ग ,आशाराम थिङ ,बिशालराज राई लगायत स्थानिय कलाकारहरुले प्रस्तुति दिएका थिए ।
अचम्मको दृश्य नायक अमिर दोङ्लाई हेर्न भनि रातिको १ बजेसम्म चिसो रातमा काखमा बच्चा समेत च्यापेर चिसो चौरमा कुरेर बसेको देख्न सकिन्थ्यो , तामाङ बाहुल्यता भएको ठाउमा उनको क्रेज धेरै नै छ।


यो ठाउमा आएर अन्य ठाउ भन्दा धेरै माया पाएको नायक अमिर दोङले बताएका छ्न ।
२ दिन सम्म चलेको मेलामा गायक च्वाइस दोङ्ग र समिर घिसिङ्गको गीतले मेलाको माहोल नै तताएको थियो ।

टासी छ्योइलिङ्ग गुम्बाको आगन छेउमै सम्पन्न मेलामा दर्शक उपस्थिति पनि निकै नै देख्न सकिन्थ्यो , कार्यक्रम संयोजक काजिमान
भोलनले आगामी दिनमा अझै व्यबस्थित ढंगले मेला संचालन गर्ने बताउनु भएको छ।२ चलेको मेला सत्यमान मोक्तान र बिशालराज राईले संचालन गरेका थिए ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts