Skip to content

मकवानपुर बहुमुखि क्याम्पसको ४४औं वार्षिक उत्सव खेल महोत्सव आजदेखि सुरु

मकवानपुर बहुमुखि क्याम्पसको ४४औं वार्षिक उत्सव खेल महोत्सव आजदेखि सुरु
प्रकाशित:
शब्दको आकार
हेटौंडा ,माघ १९ शिक्षा स्वास्थ्य तथा खेलको लागि स्ववियु मुल नारा सहित आज स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस द्वारा क्याम्पसको ४४ औं वार्षिक उत्सवको अवसरमा आयोजित खेल महोत्सव क्याम्पसको हाता भित्र सरसफाइ तथा वृक्षारोपण कार्यक्रमबाट उद्घाटन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस संचालक समितिका अध्यक्ष अनन्त प्रसाद पौडेलले क्याम्पसको ४४ औं वार्षिकउत्सवको अवसरमा खेल महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न शुभकामना दिएका छन ।त्यस्तै बिशेष अतिथी क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले यो कार्यक्रम अरुलाई देखाउन लायक अरुले अनुसरण गर्न लायक र प्रभाकारी रुपमा संचालन गर्नु पर्छ र यो खेल खेलको रुपमा हैन सिकाइको रुपमा लिइदिन समेत आग्रह गरेका छन् ।
कार्यक्रमको सभाध्यक्षता स्ववियु सभापति छोइसाङ स्याङ्तान तथा क्याम्पस संचालक समिति अध्यक्ष अनन्त प्रसाद पोैडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो त्यसै बिशेष अतिथीमा क्याम्पस प्रमुख डा शंकरप्रसाद उपाध्याय र अतिथिहरुमा क्याम्पस सहायक क्याम्पस प्रमुख डा. रामप्रसाद अधिकारी प्ल्स टु प्राचार्य उत्तम अर्याल लगायतको उपस्थिति रहेको थियो ।
अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts