मेरो पत्र Logo

सिन्धुलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अनुशासनमा हरिहरपुरगढी प्रथम

Mero Patra
मेरो पत्र
ad
सिन्धुलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अनुशासनमा हरिहरपुरगढी प्रथम
adad

सिन्धुलीमा बुधबार सम्पन्न १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा कमलामाई नगरपालिका प्रथम भएको छ । त्यसै गरि प्रतियोगितामा हरिहरपुरगढी गाउँपालिकाले अनुशासनतर्फ प्रथम स्थान हासिल गर्न सफल भएको छ । अघिल्लो वर्ष पनि खेलकुदका क्षेत्रमा मुख्य महत्व रहने अनुशासनमा प्रथम नै भएको हरिहरपुरगढीले आफ्नो स्थान यस वर्ष पनि सुरक्षित राखेको छ ।

जिल्लाका ६ वटा गाउँपालिका र २ वटा नगरपालिका सहभागी रहेको जिल्लास्तरीय प्रतियोगितामा हरिहरपुरगढ़िले एथलेटिक्समा २ वटा स्वर्ण पदक जित्न सफल भएको छ भने ४ वटा रजत र ४ वटा कास्य पदक जितेको छ । त्यसैगरी, कराँतेमा १ स्वर्ण, दुई रजत र २ कास्य पदक जितेको छ । समापन कार्यक्रममा बागमती प्रदेशसभाका सांसद छत्रबहादुर बम्जनको प्रमुख आतिथ्यता र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

सेयर गर्नुहोस्: