Skip to content

मकवानपुरको बागमती गाउँपालिकाको ११ औ गाउँसभा सम्पन्न

मकवानपुरको बागमती गाउँपालिकाको ११ औ गाउँसभा सम्पन्न
प्रकाशित:
शब्दको आकार

बागमती,झुरझुरे: बागमती गाउँपालिकाको ११ औं गाउँ सभा सम्पन्न भएको छ । सोमबार पालिकाका अध्यक्ष सर्केश घलानको सभाध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो ।
गाउँसभाले विभिन्न ९ वटा निर्णय गरेको छ । गाउँसभाबाट अर्ध वार्षिक प्रगती प्रस्तुत भएकोमा अनुमोदन भएको छ । यस्तै विनियोजन ऐन २०८० को संसोधन, आर्थिक ऐन, स्थानीय तह संस्थागत क्षमता मुल्याङ्कनको नतिजा, विषयगत समितिहरुको प्रतिवेदन, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०८० को मस्यौदा सम्बन्धमा बनेको मस्यौदा सम्बन्धमा, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन ऐन, गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धमा बनेको विद्येयक स्वीकृत भएको छ ।


यस्तै पालिकाले नगर प्रहरीको संख्या थप गर्ने निर्णय गरेको छ । हाल ५ जना रहेकोमा थप ४ जना नगर प्रहरी थप गरी ९ जना पु¥याउन लागेको हो । नगर प्रहरीको संख्या थप गरेर कर संकलन, खुल्ला चरिचरण नियन्त्रण, खोलामा करेन्ट लगाएर माछा मार्नेलाई नियन्त्रण, छाडा पशु व्यवस्थापन र बजार व्यवस्थापन गर्न नगर प्रहरी थप गर्न लागेको जनाएको छ ।
गाउँसभामा पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले गाउँपालिकाको चालु आर्थिक वर्षको अर्ध वार्षिक प्रगती प्रस्तुत गर्नुभयो । उहाँले पालिकामा चालु आर्थिक वर्षका लागि ६८ करोड ३० लाख १० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्ममा १८ करोड ४२ लाख २८ हजार रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो । आर्थिक विकासतर्फ विनियोजित बजेटको ६.८ प्रतिशत, कृषीतर्फ १३.११ प्रतिशत, सामाजिक विकासतर्फ २९.४५ प्रतिशत, शिक्षातर्फ ३७.५५ प्रतिशत र स्वास्थ्यतर्फ २४.९७ प्रतिशत खर्च भएको उहाँले बताउनुभयो । पालिकाले चालु आर्थिक वर्षमा राजस्व संकलनमा लिएको लक्ष्य अनुसार १९ प्रतिशत मात्र प्रगती भएको उहाँले बताउनुभयो । गाउँसभाले विभिन्न शिर्षक र कार्यक्रम संसोधन गरी १ करोड ४० लाख रुपैयाँ संसोधन गरेको उहाँले बताउनुभयो ।


सभामा सुशासन तथा संस्थागत विकास समितिको तर्फबाट संयोजक यहुन्ना राईले समिक्षा प्रतिवेदन प्रस्तुत गनुभयो । उहाँले कार्यपालिकाको कार्यालय र सबै वडा कार्यालयहरबाट नियमित रुपमा सेवा प्रवाह भइरहेको, कृषी, पशुपंक्षी विकास तथा स्वास्थ्य शाखाबाट घुम्ती सेवा र निशुल्क र सशुल्क सेवा प्रदान गरेको गरेको बताउनुभयो । यस्तै सार्वजनिक सुनुवाई तथा गुनासो व्यवस्थापन गर्ने गरेको र सार्वजनिक खरिद तथा सम्पत्ती व्यवस्थापन सम्बन्धी खरिद इकाई गठन भएको बताउनुभयो । उहाँले वडा कार्यालय र कार्यपालिकाको रिक्त दरबन्दी स्थायी पदपुर्ती नभएको पनि बताउनुभयो ।
सामाजिक विकास समितिका संयोजक कमानसिंह पाख्रिनले समितिको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै शिक्षक अभावलाई पुर्ती गर्न पालिकाले आफ्नै स्रोतबाट दुई जना इसिडी, प्रावि १४ जना, निमावि ९ जना र मावि ६ जना शिक्षकको दरबन्दी बनाएर नियुक्त गरेको बताउनुभयो । यस्तै पालिकामा अनिवार्य तथा निशुल्क शिक्षा कार्यक्रम घोषणा र बागमती–४ स्थित बुद्ध आविलाई पालिकाको नमुना विद्यालय बनाउने तयारी भएको बताउनुभयो । सभामा आर्थिक विकास समितिका संयोजक उत्तर बहादुर भोलनले प्रगती विवरण प्रस्तुत गर्नुभयो । उहाँले ५० प्रतिशत अनुदानमा पशु विमा कार्यक्रम विमा कम्पनीसँग सम्झौता गरेको, पुँजी कार्यविधि, पशु औषधी खरिद र दुग्ध चिस्यान केन्द्र स्थापना गरी सञ्चालन गरेको बताउनुभयो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts